जेनजी नामक आन्दोलनपछि देशभरका चलचित्र घर खुल्ने

२०८२ भाद्र ३० सोमवार
सारांश
  • सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित क्युएफएक्सको भवनबाहेक अन्य सबै चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुनेछन् ।

काठमाडौँ, ३० भाद्र । जेनजी नामक आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन् । आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

 

सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित क्युएफएक्सको भवनबाहेक अन्य सबै चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुनेछन् ।

 

महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गर्ने भए पनि राति १० बजेभित्र हल बन्द गर्ने व्यवस्था गरिएको बताए । सोमबारदेखि ‘रिमै’, ‘मोहर’ लगायत नेपाली चलचित्रसँगै केही विदेशी चलचित्र पनि प्रदर्शन हुनेछन् ।

 

यसैबीच, दसैँको अवसर पारेर फूलपातीदेखि भने तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् ।

 

जेनजीले भ्रष्टाचार र बेथितिविरुद्ध २३ भदौमा सुरु गरेको आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित क्युएफएक्स, बुटवलस्थित क्युएफएक्स, गोङ्गबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको नेपाल चलचित्र सङ्घले जनाएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार