राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
२०८२ भाद्र २९ आइतवार
- यही भदौ ३० गतेभित्र निवेदन दिन केन्द्रीय बैंकले आग्रह गरेको छ ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ ।
यही भदौ ३० गतेभित्र निवेदन दिन केन्द्रीय बैंकले आग्रह गरेको छ ।
‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु छ करोड ५० लाख बराबरको रकम बैंकले लगानी गर्नेछ ।
बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’