नेप्से ११.५२ अंकले घट्यो, ४ अर्ब ४० करोडको कारोबार

२०८२ भाद्र २२ आईतवार
सारांश
  • आज ३३४ कम्पनिका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ मा कारोबार भएको थियो ।

काठमाडौँ : आज नेप्सेमा गिरावट आएको छ । आज आइतबार नेप्से ११.५२  अंकले घटेर २७०८.२५ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३४ कम्पनिका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ मा कारोबार भएको थियो । आज फाइनान्स, उत्पादन तथा पोसेसिङ र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

 

आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९७ प्रतिशतले बढेको छ भने आज पन्चकन्या माई हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ४.६२ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २९ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २७ करोड ४६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार