- भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर–दिङ्ला ३३ दशमलव ५ किलोमिटर सडक कालोपत्र थालिएको छ ।
भोजपुर, २१ भाद्र । भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर–दिङ्ला ३३ दशमलव ५ किलोमिटर सडक कालोपत्र थालिएको छ । कोशी प्रदेश सरकारको रु एक अर्ब २२ करोड ३२ लाख लागतमा दुई खण्डमा कालोपत्रको काम थालिएको हो ।
पहिलो खण्ड भोजपुर दिङला तीनतले १७ दशमलव ५ किलोमिटर सडक रु ५८ करोड ४० लाख १५ हजार ५६१ रुपैया लागतमा काम भइरहेको छ । विसं २०८० मङ्सिरमा महिनाबाट सम्झौता भएर काम सुरु गरिएको यो सडक २०८२ मङ्सिर महिनामा सम्पन्न गर्नु पर्ने सम्झौता रहेको छ । यो सडकको भौतिक प्रगति ४५ प्रतिशत हारहारीमा रहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
दोश्रो खण्ड भोजपुर–दिङ्ला–तीनतले–दिङ्ला १६ किलोमिटर सडक रु ६३ करोड ९२ लाख ६२ हजार ७६१ लागतमा निर्माण भइरहेको छ । विसं २०८० पुस महिनामा सम्झौता भएको यो सडकको २०८२ पुस महिनामा सम्पन्न गर्ने गरी काम भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । यो सडकको भोतिक प्रगती २० प्रतिशत रहेको छ । यी दुवै सडक आस्फाल्ड प्रविधिबाट कालोपत्र हुने प्रमुख रेड्डीको भनाइ छ ।
“भोजपुर–दिङ्ला सडक कालोपत्रको काम दुई खण्डमा भइरहेको छ”प्रमुख रेड्डीले भने, “यो सदरमुकामलाई उत्तरी क्षेत्र जोड्ने महत्वपूर्ण सडक पनि हो । सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाएका छौँ ।”
सडक कालोपत्रको कामले तीव्रता पाएपछि उत्साह बढेको षडानन्द १० का स्थानीय निमा शेर्पाले बताए । सडक कालोपत्र भएपछि यहाँका कृषि उपजको बजारिकरणसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सहजता हुने उनको भनाइ छ । सडक कालोपत्र भएपछि वर्षातको समयमा सङ्खुवासभा जिल्ला घुमेर भोजपुर सदरमुकाम जानु पर्ने बाध्यताकोसमेत अन्त्य हुने उनले जानकारी दिए ।
यो सडक कालोपत्र भएपछि उत्तरी क्षेत्रका नागरिकलाई सहजता हुने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । सडकलाई निर्धारित समयमा गुणस्तरीयढंगले सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ ।
“यो उत्तरी क्षेत्रको लागि महत्वपूर्ण सडक हो” प्रमुख उदासले भने, “सडक कालोपत्र हुने गरी काम थालिएपछि स्थानीयमा उत्साह बढेको छ । कालोपत्रको कामलाई गुणस्तरियढंगले समयमा सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको छ ।”
सडकको पहिलो खण्डको निर्माणको जिम्मा निर्माण कम्पनीले लिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’