शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

२०८२ भाद्र १९ बिहीवार
सारांश
  • कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी बराबरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।

काठमाडौं: शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । 

 

कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी बराबरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।


हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ । योग्यताका लागि कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो, जसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनी मात्रै आवेदन दिन सक्नेछन् ।


हकप्रद शेयर खरिदका लागि सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा तथा सि–आस्बा सेवामा सहभागी बैंक/वित्तीय संस्था र ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ । यस कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार