११ जनाको ज्यान गएको भेनेजुएलाको डुङ्गामा ट्रम्पको आदेशमा आक्रमण गरेको खुलासा
२०८२ भाद्र १९ बिहीवार
- रुबियोले चाहेको भए त्यो डुङ्गा कब्जा गर्न सक्थे भने, तर ट्रम्पले त्यसलाई उडाउने आदेश दिएका थिए । रुबियोले लागूपदार्थको खेप जफत गर्नाले मात्र कार्टेललाई असर नगर्ने तर तिनीहरूलाई समाप्त गर्नु पर्छ भने, तिनीहरूलाई उडाउनु पर्ने बताए ।
काठमाडौँ : अमेरिकी सेनाले भेनेजुएलाको डुङ्गामा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उक्त डुङ्गामा आक्रमणको आदेश ट्रम्प आफैंले दिएको खुलासा गरेका छन् ।
यो आक्रमण मंगलबार क्यारिबियन सागरमा भएको थियो । रुबियोले चाहेको भए त्यो डुङ्गा कब्जा गर्न सक्थे भने, तर ट्रम्पले त्यसलाई उडाउने आदेश दिएका थिए । रुबियोले लागूपदार्थको खेप जफत गर्नाले मात्र कार्टेललाई असर नगर्ने तर तिनीहरूलाई समाप्त गर्नु पर्छ भने, तिनीहरूलाई उडाउनु पर्ने बताए । रुबियोले डुङ्गामा रहेका मानिसहरूलाई कुनै चेतावनी नदिइएको र यो 'कोकेन वा फेन्टानिल' लागूपदार्थले भरिएको बताए ।
यसअघि राष्ट्रपति ट्रम्पले जहाजमा 'ट्रेन डे अरागुआ गिरोह' का सदस्यहरू रहेको दाबी गरेका थिए । अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको छ । ट्रम्पले डुङ्गामा ठूलो मात्रामा लागूपदार्थ रहेको दाबी गरेका थिए ।
ट्रम्पले भनेका थिए- हामीसँग उनीहरूको कुराकानीको टेप छ। हाम्रो देशमा ठूलो मात्रामा लागूऔषध आउँदै थियो, जसले धेरै मानिसहरूको ज्यान लिन सक्छ । यो कुरा सबैले बुझेका छन् । तपाईं आफैंले देख्न सक्नुहुन्छ कि डुङ्गामा लागूऔषधका प्याकेटहरू थिए र त्यसमाथि आक्रमण भएको थियो। अब तिनीहरूले फेरि यस्तो गर्ने छैनन् ।'
अमेरिकी रक्षा अधिकारीहरूले अहिलेसम्म यो आक्रमणको बारेमा विस्तृत जानकारी दिएका छैनन् । सेनाले किन डुङ्गा रोक्नुको सट्टा उडाउने निर्णय गर्यो भन्ने कुरा पनि स्पष्ट गरेको छैन । सामान्यतया तटरक्षक वा अमेरिकी नौसेनाले लागूऔषधले भरिएका डुङ्गाहरू समातेर चालक दललाई हिरासतमा लिने र उनीहरूलाई मुद्दा चलाउने काम पनि गर्दै आएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार, अमेरिकी नौसेनाले पहिले अन्तर्राष्ट्रिय पानीमा शंकास्पद जहाजहरूलाई रोकेर अनुसन्धान गरेको छ। तर मंगलबार क्यारिबियन सागरमा भएको आक्रमण पूर्णतया फरक थियो किनभने यस पटक प्रत्यक्ष आक्रमण गरिएको थियो । ट्रम्प प्रशासनले यस कारबाहीको लागि कुनै कानुनी तर्क दिएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’