नेप्से ३१.१७ अंकले घट्यो, ६ अर्ब ६ करोडको कारोबार

२०८२ भाद्र १५ आइतवार
सारांश
  • आज ३२१ कम्पनिका एक करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

काठमाडौँ : आज नेप्सेमा गिरावट आएको छ । आज आइतबार नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३२१ कम्पनिका एक करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

 

आज सबै भन्दा बढी उन्नति सहकार्य लघुवित्तको शेयर ६.७७ प्रतिशतले बढेको छ भने आशा लघुवित्तको शेयर मुल्य ४.१६ प्रतिशतले बढेको छ । 

 

त्यस्तै आज ग्लोबल आइएमइ समुन्नत योजना-२ को शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी ४५ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २८ करोड ८८ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार