नेप्से ५३.०१ अंकले बढ्यो, ७ अर्ब ६८ करोडको कारोबार
११ भाद्र, २०८२, बुधवार
- आज ३२१ कम्पनिका एक करोड ४९ लाख ८६ हजार १४३ कित्ता शेयर ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ मा कारोबार भएको थियो ।
काठमाडौँ: आज नेप्सेमा वृद्धि भएको छ । आज बुधबार नेप्से ५३.०१ अंकले बढेर २८ सय अंक पार भएको छ । आज नेप्से २८१९.१० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२१ कम्पनिका एक करोड ४९ लाख ८६ हजार १४३ कित्ता शेयर ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ मा कारोबार भएको थियो ।
आज सबै भन्दा बढी बिकास हाइड्रोको शेयरको मुल्यमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्तको शेयर मुल्य ९.३६ प्रतिशतले बढेको छ । त्यस्तै आज ग्रीन भेन्चर लिमिटेडको शेयर मुल्य ८.०८ प्रतिशतले बढेको छ । त्यस्तै आज १०.२५ प्रतिशत केबीएल डिभेन्चर २०८६ को शेयर मुल्य सबै भन्दा बढी ५.७६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज हिमालयन रिइन्सुरेन्सको सबै भन्दा बढी ६५ करोड ४२ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको ५० करोड ५२ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’