राष्ट्र बैंकको बार्षिक प्रतिवेदन: आर्थिक वृद्धिदर बढ्यो, मुद्रास्फीति घट्यो

२०८२ भाद्र ०८ आइतवार
सारांश
  • अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ रहेको थियो । त्यस्तै, गत आवमा वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ ।

काठमाडौं: अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको छ ।

 

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सूचकहरु सकारात्मक बन्दै गएको देखिएको हो।

 

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ रहेको थियो । त्यस्तै, गत आवमा वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो।

 

त्यस्तै राष्ट्र बैंकका अनुसार गत आवमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ र्ब ४९ करोडले बचतमा रहेको थियो । त्यस्तै, आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार