लगातार दुईदिन बढेपछि घट्यो नेप्से

२०८२ भाद्र ०४ बुधवार
सारांश
  • यसदिन कुल ३२३ स्टकको ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर कारोबार भएको छ ।

काठमाडौं : लगातार दुई कारोबार दिन बढेको नेप्से परिसुचक बुधबार भने घटेको छ । आज नेप्से पसिुचक ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा पुगेर रोकिएको छ । यसअघि मंगलबार नेप्से पसिुचक २७७६.९० बिन्दुमा पुगेर रोकिएको थियो ।

 

यसदिन कुल ३२३ स्टकको ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर कारोबार भएको थियो । यस दिन सेन्सेटिभ इण्डेक्स २.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ ।

 

आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता २९.२० रुपैयाँले बढेर ३२१.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । चन्द्रागिरी हिल्सको शेयर मूल्य प्रतिकित्ता ७२.८६ रुपैयाँले १०५४.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता २१.७९ रुपैयाँले बढेर ५८८.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

 

आज पञ्चकन्यामाई हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शयेर मूल्य आज ४०.५८ रुपैयाँले घटेर ४०८.६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ३५.२८ रुपैयाँले घटेर ७३१.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २०.८४ रुपैयाँले घटेर ५९१.२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

 

आज नेपाल रिइन्स्योरेन्स कमपनी, हिालयन रिइन्स्योरेन्स, चन्द्रागिरी हिल्स, युनाइटेड मोदी इनर्जी र राधि विद्युत कम्पनीको शयेर सबैभन्दा धेरै कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार