नेपाल राष्ट्र बैंकद्वारा चाँदी आयात सटही सुविधा वृद्धि
२०८२ भाद्र ०२ सोमवार
- एकीकृत परिपत्र संशोधन गर्दै केन्द्रीय बैंकले अब चाँदी आयातका लागि उद्योगहरूलाई प्रतिपटक ५ लाख अमेरिकी डलरसम्म (वा सो बराबरको विदेशी मुद्रा) सटही सुविधा दिने निर्णय गरेको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा खुकुलो बनाएको छ । एकीकृत परिपत्र संशोधन गर्दै केन्द्रीय बैंकले अब चाँदी आयातका लागि उद्योगहरूलाई प्रतिपटक ५ लाख अमेरिकी डलरसम्म (वा सो बराबरको विदेशी मुद्रा) सटही सुविधा दिने निर्णय गरेको छ ।
यसअघि यो सीमा ३ लाख डलर थियो । अन्य व्यवसायीहरूलाई भने १ लाख डलरसम्मको सटही सुविधा मात्र हुनेछ । सटही सुविधा प्राप्त गर्न वाणिज्य बैंकहरूले अघिल्लो सटहीमार्फत आयात र त्यसको निर्यात स्थिति जाँच्नुपर्नेछ भने व्यवसायीहरूले अन्य बैंकबाट बक्यौता नभएको स्वघोषणा पनि दिनुपर्नेछ ।
गत आर्थिक वर्षको पहिलो १० महिनामा चाँदी आयात ५ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६८.८% बढी हो । राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति वृद्धि भएपछि सटही सुविधा खुकुलो बनाएको हो । हाल सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ (१८.६५ अर्ब डलर) पुगेको छ, जुन १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।