बजेटका उद्देश्य पूरा गर्नेगरी क्रियाशील हुन अर्थमन्त्री पौडेलको निर्देशन
२०८२ श्रावण ३० शुक्रवार
- मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलनलगायतका लक्ष्यहरु पूरा गर्नका लागि अहिलेदेखि सक्रिय भएर लाग्न निर्देशन दिए ।
काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्नेगरी लाग्न निर्देशन दिएका छन् ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलनलगायतका लक्ष्यहरु पूरा गर्नका लागि अहिलेदेखि सक्रिय भएर लाग्न निर्देशन दिए ।
औषत प्रयासले लक्ष्यहरु पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए । उनले समस्यहरुमा अल्झिने भन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान आग्रह गरे ।
नीजि क्षेत्रको मनोबल बढाउन अध्यादेश, नीति तथा कार्यक्रमहरुले ल्याइएको, संवादलाई बढाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले अर्थतन्त्रका सुचकहरु ठीक भएपनि निजी र सार्वजनिक क्षेत्रमा ‘इकोनोमिक कन्फिडेन्स’ बढाउन जरुरी रहेको बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले व्याजदर कम भएका बेला अर्थतन्त्रलाई अझ बढी चलायमान बनाउन निश्चित क्षेत्रमा सरकारले नै ‘विग पुस’ गर्नुपर्नेमा जोड दिए ।
अर्थ सचिव घनश्याम उपाध्यायले विगतको लक्ष्य र नतिजाहरु आइसकेका हुनाले आत्मसमीक्षा गरी काममा केन्द्रित हुनुपर्ने बताए ।
राजस्व सचिव दिनेशकुमार घिमिरेले कार्यक्रमहरु कार्यान्वयनमा अहिलेदेखि तदारुकताका साथ लाग्दा मात्र लक्ष्यहरु पूरा हुन सक्ने बताए । उनले राजस्व प्रशासनमा अझ बढी सुधारको खाँचो औल्याए ।
अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सुचकहरु सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए ।
बैठकका सहभागीहरुले कार्यक्रम कार्यान्वनयका क्रममा देखापर्ने समस्या र चुनौतीहरुलाई तत्काल समाधान गर्दै अघि बढ्दा थप नतिजा आउन सक्ने धारणा व्यक्त गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।