- बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीले १ अबै ३२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
काठमाडौं : सिटिजन्स बैंकको नाफा दुई प्रतिशतले घटेको छ । बैंकले अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्षको चौथो त्रैमाससम्म २ प्रतिशत कम खुद नाफा गरेको हो ।
बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीले १ अबै ३२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७२ करोड रुपैयाँबाट बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको कारण नाफा घटेको हो । बैंकको वितरणयोग्य नाफा भने ६१ करोड ३२ लाख रुपैयाँबाट बढेर ७७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । निक्षेप संकलन १२ प्रतिशतले र कर्जा प्रवाह ११ प्रतिशतले बढेको छ । निष्क्रिय कर्जा अनुपात ४.१० प्रतिशतबाट ४.९४ प्रतिशत पुगेको छ ।
हाल बैंकको चुक्तापूँजी १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी, जगेडा कोष ७ अर्ब ४० करोड रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी (भ्एक्) ८ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’