स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि बिक्री खुला

२०८२ श्रावण २१ बुधवार
सारांश
  • कम्पनीले आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता शेयर जारी गर्न लागेको हो । कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ ।


कम्पनीले आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता शेयर जारी गर्न लागेको हो । कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।


कम्पनीले यसअघि नै कर्मचारी, स्थानिय र विदेशमा रहेका नेपालीहरुका लागि शेयर सुरक्षित गरिसकेको छ । यस आईपीओमा छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ गते सम्म न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।


लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार