- नेपालमा दीपल इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकोर्पले आफ्नो प्रमुख विद्युतीय एसयूभी दीपल एस०७ को नयाँ भेरियन्ट आइसीए सार्वजनिक गरेको हो ।
काठमाडौं: नेपालमा डिपल एस०७ कार सार्वजनिक भएको छ । आइतबार दीपल शोरूम, नक्सालले एक समारोहको आयोजना गरि गाडी लन्च गरेको हो ।
नेपालमा दीपल इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकोर्पले आफ्नो प्रमुख विद्युतीय एसयूभी दीपल एस०७ को नयाँ भेरियन्ट आइसीए सार्वजनिक गरेको हो ।
डिपल एस०७ अब स्मार्ट कनेक्टिभिटीको नयाँ युगमा प्रवेश गरेको सार्वजनिक कार्यक्रममा जानकारी दिइयो । बजारमा आएको उक्त भेरियन्टले अत्याधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग मिलाएर भविष्यमुखी एसयूभीको मापदण्ड उचो बनाउने उद्देश्य राखेको जनाइएको छ ।
सुन्दर रूपरेखा र सशक्त रोड प्रेजेन्सलाई समेट्दै अत्यन्त परिष्कृत विद्युतीय एसयूभीको अनुभव प्रदान गर्ने जनाएको छ । यसमा नयाँ (लिथियम आयरन फस्फेट) ब्याट्री प्रयोग गरिएको छ ।
प्रारम्भदेखि नै, दीपल नेपालमा सबैभन्दा खोजी गरिएका विद्युतीय गाडी ब्रान्डमध्ये एक बनेको छ । यसको भविष्यत्मक डिजाइन, प्रविधिमैत्री फिचरहरू, उत्कृष्ट प्रदर्शन, र नवीनतम सुविधाहरू जस्तै जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, सनफ्लावर–स्टाइल टचस्क्रिन, बिल्ट–इन हेडरेस्ट स्पिकर, आउटडोर साउन्ड सिस्टम, २० इन्चको अलोय ह्वील, र १२५ लिटरको फ्रन्क को कारण, नेपालमा ९०० भन्दा बढी युनिट बिक्री पार गरिसकेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’