- नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९२२.६३ बिन्दुमा झरेको छ । बुधबार नेप्से २९५४.१४ बिन्दुमा रोकिएको थियो ।
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसुचक ३१.५० अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९२२.६३ बिन्दुमा झरेको छ । बुधबार नेप्से २९५४.१४ बिन्दुमा रोकिएको थियो ।
यस दिन कुल ३१८ स्टकको १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स ६.७१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.०७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.३६ अंकले घटेको छ ।
यसदिन पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै ९४.८० रुपैयाँले बढेर १०४३.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य ७१.६१ रुपैयाँले बढेर ७८८.१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कर्पोरेट विकास बैंकको शेयर मूल्य २०२.३३ रुपैयाँले बढेर २२३०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य पनि प्रतिकित्ता १२३.७२ रुपैयाँले बढेर १३७१.३४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन भुगोल इनर्जी विकास कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कमपनीको शेयर मूल्य ७.१० प्रतिशतले घटेर ७९३.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । माइखोला हाइड्रो पवारको शेयर मूल्य ५.७० प्रतिशतले घटेर ८९१.२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सुपर सोलु हाइड्रो शेयर मूल्य प्रतिकित्ता ४.९४ प्रतिशतले घटेर ४९५.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स, सिवम् सिमेन्ट र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’