- गत असार ८ गते कम्पनीले हकप्रद शेयर निष्कासन गर्न एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउनेछन् ।
काठमाडौं : जोशी हाईड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ ।
गत असार ८ गते कम्पनीले हकप्रद शेयर निष्कासन गर्न एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँ बराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गरेको हो ।
लगानीकर्ताले भदौ ४ गते भित्र हकप्रद खरिदका लागि आवेदन दिनुपर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’