- स्वीकृत भएका १७ लाख ६ हजार ३११ आवेदन मध्ये लक्की ड्र बाट ९ लाख २५ हजार ४६ आवेदकले १०-१० कित्ता सेयर पाएका छन् भने ९ जनाले एक एक कित्ता सेयर पाएका छन् ।
काठमाडौँ : हिमालयन बैंक लिमिटेडको एफपिओ बाँडफाँड भएको छ । मंगलबार वितरण हिमालयन बैंक लिमिटेडको कमलादीस्थित कार्यालय परिसरमा एफपीओ बाँडफाँड भएको हो ।
स्वीकृत भएका १७ लाख ६ हजार ३११ आवेदन मध्ये लक्की ड्र बाट ९ लाख २५ हजार ४६ आवेदकले १०-१० कित्ता सेयर पाएका छन् भने ९ जनाले एक एक कित्ता सेयर पाएका छन् ।
एफपीओमा १८ लाख २५ हजार ९२२ आवेदकहरूले कुल ३ करोड ८५ लाख ९१ हजार १६० शेयरको लागि आवेदन पेश गरेकोमा १७ लाख ६ हजार ३११ आवेदन स्वीकृत भएका थिए ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न आम सर्वसाधारणका लागि असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ जारी गरेको थियो ।
बैंकले एक अर्ब ४५ करोड २३ लाख बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ ।
हाल सर्वसाधारण समूहमा बैंकको सेयर हिस्सा जम्मा २७ प्रतिशत छ । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’