- आज नेप्से परिसुचक घटेसँगै २९६२.१३ अंकमा पुगेर रोकिएको छ । आइतबार नेप्से परिसुचक २९६४.२० बिन्दुमा रोकिएको थियो । यस दिन कुल ३२१ स्टकको १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने साढे २६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
काठमाडौं : साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।
आज नेप्से परिसुचक घटेसँगै २९६२.१३ अंकमा पुगेर रोकिएको छ । आइतबार नेप्से परिसुचक २९६४.२० बिन्दुमा रोकिएको थियो । यस दिन कुल ३२१ स्टकको १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने साढे २६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेकस ०.७८ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.३७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.३७ अंकले घटेको छ । यसदिन समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड, सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ११४.२० रुपैयाँले बढेर १२५६.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९८.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र ट्रेड टावर लिमिटेडको शेयर मुल्यपनि प्रतिकित्ता ६७.९४ रुपैयाँले बढेर ७८०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८.४९ प्रतिशतले घटेर ६२३.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । ग्रिनभेन्चरर्स लिमिटेडको शेयर मूल्य ५.०८ प्रतिशतले घटेर ६००.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, नाग्दी ग्रुप पावर र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’