गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन
२०८२ श्रावण ०७ बुधवार
- गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा विभागले दिएको लक्ष्यको ८५.९६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने २०८१÷०८२ मा लक्ष्यको ८४.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सफल भएको हो ।
रौतहट : गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ भन्सार विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ ।
गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा विभागले दिएको लक्ष्यको ८५.९६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने २०८१÷०८२ मा लक्ष्यको ८४.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सफल भएको हो ।
भन्सार विभागले आर्थिक वर्ष २०८१/०८२ मा गौर भन्सार कार्यालयलाई ३५ करोड ४३ लाख ७८ हजार रुपियां राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि असुली २९ करोड ९१ लाख ३० हजार रुपियाँ मात्र भएको कार्यालयका नायब सुब्बा एवम् सूचना अधिकारी दिनेश कुमार घिमिरेले बताए ।
कार्यालयका सूचना अधिकारी घिमिरेका अनुसार कोइला आयातमा कमि, रासायनिक मल आयातमा कमि तथा कपडा आयात न्यून भएका कारण विभागले दिएको लक्ष्य कार्यालयले हासिल गर्न नसकेको जानकारी दिए ।
गौर भन्सार कार्यालयको राजस्व वृद्धि गर्न कृषि प्लान्ट क्वारेन्टाइनको स्थापना हुनु पर्नेमा उनले जोड दिए । गौर भन्सार कार्यालयबाट आलु प्याज लगायतको तरकारी आयात भएको छैन ।
अहिले यहा मलंगवा भन्सार कार्यालय तथा बिरगंज भन्सार कार्यालयका नाकाहरुबाट आलु, प्याज लगायतका तरकारीहरु भित्रने गरेका छन । गौर भन्सारबाट तरकारी जन्य पदार्थको भन्सार नकाटिने भएपछि यहाको बिभिन्न नाकाहरुबाट अबैध रुपमा आलु, प्याज, फलफुल लगायतको तस्करी भइरहेको पाइन्छ ।
यदी गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाइनको व्यवस्था हुने हो भने भन्सार विभागले दिएको लक्ष्य पुरा हुने कार्यालयका प्रमुख विकास कुमार रजकले बताए । प्लान्ट क्वारेन्टाइन नहुदा फलफुल, तरकारी, खाद्यान्य लगायतको गौर भन्सारले राजस्व उठाउन सकेको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।