नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर आजदेखि निष्काशन
२०८२ श्रावण ६ मङ्गलवार
- इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म कायम गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’