सामाजिक सुरक्षा कोषमा २३ लाख ८३ हजार योगदानकर्ता आवद्ध

२०८२ साउन ३ शनिवार
सारांश
  • पछिल्लो समय कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको कोषको तथ्यांकले देखाएको छ ।

काठमाडौं: योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको सकंख्या बढ्दै गएको छ ।

 

 पछिल्लो समय कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको कोषको तथ्यांकले देखाएको छ ।

 

२०८२ साउन ३ गते सम्म कोषमा आवद्ध हुने योगदानकर्ताको सङ्ख्या २३ लाख ८३ हजार ८५६ पुगेको छ । ती योगदानकर्ताले हाल सम्म कोषमा ८६ अर्ब ७६ करोड ९३ लाख २४ हजार ६३५ रुपैयाँ योगदान गरेका छन् । कोषमा हाल सम्म २० हजार ९८७ रोजगार संलग्न भएका छन् ।

 

गत असार सम्म कोषमा कुल २३ लाख १४ हजार ९६ जना श्रमिक जोडिएका थिए । एक महिनाको अबधिमा कोषमा ६९ हजार ७६० जना श्रमिक आवद्ध भएका हुन् ।

 

कोषले दिने गरेको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सम्बन्धी उपचार सेवामा हाल सम्म २ अर्ब १५ करोड ८७ लाख ७३ हजार ५०२ रुपैयाँ दाबि गरिएको छ । त्यसैगरी, कोषबाट हाल सम्म २० करोड ८६ लाख ४५ हजार २५ रुपैयाँ बराबर रकम दुर्घटना तथा अशक्तता सुरक्षाकालागि दाबि गरिएको छ ।

 

निजी क्षेत्रमा काम गर्ने कामदारहरुलाई पेन्सन तथा बीमा जस्ता सुरक्षाका विषय नभएकाले त्यसलाई व्यवस्थापन गर्नको लागि र श्रम ऐनले श्रमिकका लागि तोकेका सुविधा व्यवस्थापन गर्न सरकारले २०७६ चैत देखि सामाजिक सुरक्षा कोष स्थापना गरेको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार