- अर्थ मन्त्रालयका अनुसार गत वर्ष भन्दा यसवर्ष १ खर्ब २० अर्ब रुपैयाँले राजस्वमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वृद्धि ११.३३ प्रतिशतले धेरै हो ।
काठमाडौं: यसवर्ष राजस्व संकलन १ खर्ब २० अर्ब रुपैयाँले वृद्धि भएको छ ।
अर्थ मन्त्रालयका अनुसार गत वर्ष भन्दा यसवर्ष १ खर्ब २० अर्ब रुपैयाँले राजस्वमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वृद्धि ११.३३ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्ष (आव) २०८१÷०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यसअघि आव २०८०÷०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।
सरकारले आव २०८१÷०८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आवको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । उनले भने,‘तयारी सुरु गरिसकेका छौं । चालू आवमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं ।’
चालू आवमा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य छ । आव २०७१÷०७२ मा ४ खर्ब ५ अर्ब, २०७२÷०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३÷०७४ मा ६ खर्ब ९ अर्ब, २०७४÷०७५ मा ७ खर्ब २६ अर्ब, २०७५÷०७६ मा ८ खर्ब २९ अर्ब रुपैयाा राजस्व संकलन भएको थियो ।
त्यसैगरी २०७६÷०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७÷०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८÷०७९ मा १० खर्ब ६६ अर्ब, २०७९÷०८० मा ९ खर्ब ५७ अर्ब र २०८०÷०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।