आज देखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहुँदै, अन्य कुन कुन बस्तुमा लाग्दैछ कर ?
२०८२ साउन १ विहिवार
- नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ । आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ ।
काठमाडौं : आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहँुदै छ । नयाँ आर्थिक वर्ष २०८२÷८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुन लागेको हो ।
नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ । आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ ।
सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को बिरोध गर्दै आएका छन भने सरकारले यो अध्ययनका लागि समित बनाएको छ । उक्त समितीले दिएको सुझाबका आधरमा सरकारले करमा केहि हेरफेर गर्न सक्ने बताइएको छ ।
आर्थिक ऐनको दफा १ देखि ४, ६ देखि १२, २० देखि ३३, ३४–३६ २ ३८ जेठ १५ रातिबाटै लागू भइसकेका छन् । त्यसैगरी, ऐनको दफा १३ देखि १९ र ३३ मा भएको व्यवस्था भने आर्थिक वर्ष २०८२÷८३ को पहिलो दिन अर्थात आजबाट लागु भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।