आर्थिक वर्षको पहिलो दिन नेप्से ७५.८४ अंकले बढयो, साढे १६ अर्बभन्दा बढीको कारोबार
२०८२ साउन १ विहिवार
- आज सेन्सेटिभ इन्डेकस ११.२२ अंकले बढेको छ । फ्लोट इण्डेक्स ५.०६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७९ अंकले बढेको छ ।
काठमाडौं: नयाँ आर्थिक वर्ष २०८२÷८३ को पहिलो दिन नेप्से परिसुचक ७५.८४ अंकले बढेर १६ अर्बभन्दा बढीको कारोबार भएको छ ।
आज नेप्से परिसुचक २८७०.६३ अंकमा पुगेर रोकिएको हो । यस अघि गत आवको अन्तिम दिन नेप्से परिसुचक २७९४.७८ अंकमा पुगेर रोकिएको थियो ।
यस दिन कुल ३११ स्टकको १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँ बराबरको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेकस ११.२२ अंकले बढेको छ । फ्लोट इण्डेक्स ५.०६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७९ अंकले बढेको छ ।
यस दिन ट्रेड टावर लिमिटेड, शुभम पावर लिमिटेड, थ्रि स्टार हाइड्रोपावर, स्र्टन हाइड्रोपावर र बाराहि हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै ट्रेड टावर कम्पनीको मूल्य ३६.६० रुपैयाँले बढेर ४०२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
शुभम पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८३.१४ रुपैयाँले वृद्धि भएर ९१५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य पनि प्रतिकित्ता ७३.१० रुपैयाँले बढेर ८०४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, स्र्टन हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ५७.११ रुपैयाँले बढेर ६३३.७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र बाराही हाइड्रोपावरको शेयर मूल्य पनि ६९.२९ रुपैयाँले बढेर ८३८.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन एनआईबीएल स्टेबल फण्डको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ०.७५ रुपैयाँले घटेर ९.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसैगरी, एनआइसी एशिया फिलीक्स क्यापिटल फण्डको शेयर मूल्य ०.६३ रुपैयाँले घटेर ९.५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन नेपाल रिइन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र नाग्दी ग्रुप पावर लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।