- आज सेन्सेटिभ इन्डेकस ७.०४ अंकले बढेको छ । फ्लोट इण्डेक्स २.६० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५७ अंकले बढेको छ ।
काठमाडौं: साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६ अंकले बढेर २७६०.१७ अंकमा पुगेर रोकिएको छ ।
नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन कुल ३१७ स्टकको ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद विक्री भएको छ । यस अघि सोमबार ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको दुई करोड ११ लाख २ हजार ५४० कित्ता शेयर खरिद विक्री भएको थियो ।
आज सेन्सेटिभ इन्डेकस ७.०४ अंकले बढेको छ । फ्लोट इण्डेक्स २.६० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५७ अंकले बढेको छ । यस दिन सुपरमादी हाइड्रो पावर लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन र बिन्ध्यबासीनी हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।
सुपरमादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ७९.६३ रुपैयाँले बढेर १०६४.९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको शयेर मूल्य प्रतिकित्ता १९.३६ रुपैयाँले बढेर ३४९.६२ रुपैयाँमा अन्तिम काराबोर भएको छ र बिन्ध्यबासीनी हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.७२ रुपैयाँले बढेर ४९५.०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन बुटवल पावर कम्पनी, निफ्राको हरित ऋण पत्र, राधी जलविद्युत र एनआइसी एशिया बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
त्यसैगरी यसदिन भगवति हाइड्रोपावर विकास कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४६.४५ रुपैयाँले घटेर ९५५.१३ रुपैयाँमा अन्तिम काराबोर भएको छ । ग्लोबल आइएमइ बैंकको ऋण पत्र प्रतिकित्ता ४५ रुपैयाँले घटेर ११३० रुपैयाँमा अन्तिम कारोार भएको छ । त्यसैगरी, शुभम पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता २८.५२ रुपैयाँले घटेर ८२८.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’