- पहिलो कारोबार दिन २९ अंकले बढेको बजार आज घटेको हो । बजार घटेसँगै नेप्से परिसुचक २७२५.७१ बिन्दुमा झरेर रोकिएको हो ।
काठमाडौँ, ३० आषाढ़ । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि साताको दोस्रो कारोबार दिन नेप्से ३५.०९ अंकले घटेको छ ।
पहिलो कारोबार दिन २९ अंकले बढेको बजार आज घटेको हो । बजार घटेसँगै नेप्से परिसुचक २७२५.७१ बिन्दुमा झरेर रोकिएको हो । यस दिन कुल ३२१ स्टकको आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको दुई करोड ११ लाख २ हजार ५४० कित्ता शेयर खरिद विक्री भएको छ ।
अघिल्लो कारोबार दिन २७६०.८० बिन्दुमा रोकिएको बजारमा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेकस ६.८३ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.६८ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५२ अंकले घटेको छ । यस दिन माइखोला हाइड्रो पावर लिमिटेड, हिमालयन पार लिमिटेड, जोशी हाइड्रो पावर र सिनर्जी पावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।
माइखोला हाइड्रो पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ५३.३१ रुपैयाँले बढेर ९५६.६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । हिमालयन पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले बढेर ३७३.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी जोशी हाइड्रो पावरको शयेर मूल्य प्रतिकित्ता १४.६८ रुपैयाँले बढेर ३४६.३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सिनर्जी पावरको शेयर मूल्य १६.२८ रुपैयाँले बढेर ४११.४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस दिन सामुदायीक लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७१.४८ रुपैयाँले घटेर १५२९.४३ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
त्यसैगरी धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६७.७५ रुपैयाँले घटेर १४९२.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यस दिन एनआइसी एशिया, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्टक्चर डेभ्लप्मेन्ट र सानीमा बैंकको शेयर सर्वाधिक कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’