जोशी हाईड्रोपावरको हकप्रद साउन १५ देखि निष्कासनमा

२०८२ असार २९ आईतवार
सारांश
  • कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

काठमाडौ: जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५ गतेदेखि निष्कासनमा आउने भएको छ ।


हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत असार ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन् ।


कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख  रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गर्न लागेको छ ।  


लगानीकर्ताले आगामी भदौ ४ गते सम्म हकप्रद खरिदकालागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।


लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइन क्यापिटल काठमाण्डौका साथै जोशी हाईड्रोको कार्यालय र लक्ष्मी सनराइज बैंक इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा  ‘मेरो शेयर’ बाट समेत आवेदन दिन सक्नेछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार