- त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ, जसको कुल मूल्य २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ।
काठमाडौं: बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ।
कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।
यसमध्ये स्थानिय बासिन्दाका लागि ८ लाख ३० हजार ८२४ कित्ता सेयर छुट्याइएको हो, जुन प्रतिकित्ता १०० रुपैयाँ दरमा प्रदान गरिनेछ।
स्थानिय बासिन्दाका लागि छुट्याइएको सेयरमा ६५ प्रतिशत हिस्सा बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ६ र ७ अन्तर्गत पर्ने साविक पिपलकोट र कफल्सेरी गाविसका अति प्रभावित क्षेत्रका बासिन्दालाई प्रदान गरिनेछ। बाँकी ३५ प्रतिशत सेयर भने बुङ्गल नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११ का सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ, जसको कुल मूल्य २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ। यसमा आवेदन दिन चाहने श्रमिकहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएको प्रमाण पेश गर्नुपर्नेछ।
आवेदनको न्यूनतम सीमा १० कित्ता रहेको छ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानिय बासिन्दाहरूका लागि आवेदन अवधि अनिवार्य रूपमा साउन ११ गतेसम्म खुला हुनेछ। यदि तोकिएको समयभित्र पर्याप्त आवेदन प्राप्त नभएमा यो अवधि साउन २६ गतेसम्म बढ्न सक्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने साउन ११ गते नै अन्तिम म्याद कायम गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’