- यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन १७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
काठमाडौ: विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार आईपीओ बाँडफाँड गर्ने भएको छ ।
कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको प्रभु क्यापिटल लिमिटेडले आइतवार विहान ९ बजे आईपीओ बाँडफाँड गर्न लागेको हो । कम्पनीको आईपीओमा मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ । भाग्यमानी २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन् ।
सर्वसाधारणमा जारी गरिएको आईपीओ खरीदका लागि २१ लाख २० हजार ८७५ जनाबाट २ करोड ५६ लाख २७ हजार ११० कित्ता माग भएको छ । कम्पनीले थप सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो । थप सर्वसाधारणमा कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । आईपीओ निष्कासन गर्नु अघि कम्पनीले १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशत दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये १० प्रतिशत दरको ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सर्वसाधारणमा जारी हुने ३९ कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको हो । यी वाहेक पनि कर्मचारीहरुका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानीकोषका लागि १ लाख ७७ हजार २७५ कित्ता शेयर बाँडफाँट गरिएको छ ।
यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन १७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म १ करोड १९ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको कम्पनीले चालू आर्थिक वर्षभित्र भने ४ करोड १३ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ४३ पैसा छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।