विकास बैंकहरुको नाफामा सुधार, ११ महिनामा कमाए ५ अर्ब ३० करोड

२०८२ असार २८ शनिवार
सारांश
  • गत आवको ११ महिनामा विकास बैंकहरुले ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए । त्यसकारण यसवर्षको नाफा गत आबको सोहि अबधिको तुलानामा १३.८१ प्रतिशत धेरै हो ।

काठमाडौं : चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को ११ महिनामा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् ।


नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोहि अबधिको तुलनामा विकास बैंकहरुको नाफामा सुधार भएको पाइएको हो ।


गत आवको ११ महिनामा विकास बैंकहरुले ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए । त्यसकारण यसवर्षको नाफा गत आबको सोहि अबधिको तुलानामा १३.८१ प्रतिशत धेरै हो ।


सबैभन्दा बढी नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । यस बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने विकास बैंक बन्न सफल भएको छ ।


त्यस्तै, गरिमा विकास बैंकले १ अर्ब १ करोड, शाइन रेसुङ्खा डेभलपमेन्ट बैंकले ७३ करोड ८८ लाख, कामना सेवा विकास बैंकले ६६ करोड ९३ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ५६ करोड २९ लाख, महालक्ष्मी विकास बैंकले ५३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् ।


ज्योति विकास बैंकले ४३ करोड ६४ लाख, लुम्बिनी विकास बैंकले २१ करोड ७३ लाख, मितेरी डेभलपमेन्ट बैंकले ११ करोड ३५ लाख, सिन्धु विकास बैंकले ८ करोड ६ लाख, ग्रीन डेभलपमेन्ट बैंकले २ करोड ७५ लाख, र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका छन् ।  


सबैभन्दा बढी घाटा बेर्होनेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । यस बैंकले ७ करोड १३ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकले ७ करोड ५ लाख रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड ६४ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार