काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब
२०८२ असार २७ शुक्रवार
- बैठकले आगामी आर्थिक बर्षका लागि करिब २५ करोड बजेटको सिमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
काठमाडौं : काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सिमा निर्धारण गरेको हो ।
बैठकले आगामी आर्थिक बर्षका लागि करिब २५ करोड बजेटको सिमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
बैठकमा प्रमुख शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका हुन् ।
चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।
शुक्रबार बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभा मार्फत बजेट सार्वजनिक गर्ने छ ।
नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछिन् ।
बैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’