बिद्धुत उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल
२०८२ असार २७
- करको दायरा तथा दर दुवै वृद्धि गर्नुपर्ने बताउँदै उनले सरकारस्थिर कर नीतिको पक्षमा रहेको प्रष्ट पारे।
काठमाडौँ, २७ असार : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युत्को उत्पादन वृद्धि गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज)द्वारा आज आयोजित कार्यक्रममा उनले विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुने बताउँदै उत्पादनको वृद्धि सँगै खपपत गर्ने क्षमतालाई प्राथमिकतामा राख्नुपर्ने बताए। जलविद्युत्को विकासमा निजी क्षेत्रको लगानी सुरक्षित गर्न अनुकूल नीतिहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाले त्यस क्षेत्रमा गर्ने लगानीलाई डुब्न नदिन लचिलो नीतिको आवश्यकता रहेको विचार व्यक्त गरे ।
करको दायरा तथा दर दुवै वृद्धि गर्नुपर्ने बताउँदै उनले सरकारस्थिर कर नीतिको पक्षमा रहेको प्रष्ट पारे। सरकारले अवलम्बन गर्ने करका नीतिले देशको समग्र विकासमा प्रभाव पार्ने उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले मूलतः एउटा कर नीति र करका दरहरूमा सापेक्षित स्थिरताका लागि सबैको सहयोगको अपेक्षा गरे।
राज्यका नियमनकारी निकायको भूमिका सशक्त बनाउँदा व्यवसायीको गुनासो आउने गरेको बताउँदै उहाँले अनियमित गर्ने व्यवसायीलाई कानुनी कारबाही गर्न सरकार दृढ रहेको बताए। करको दायरा भने बढाउने योजनासहित आगामी आर्थिक वर्षको बजेट ल्याएको उहाँको भनाइ थियो । सो अवसरमा आर्थिक क्षेत्रको विकासका लागि समाचार लेखेका विभिन्न सञ्चार गृहका सञ्चारकर्मीलाई पुरस्कृत गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।