जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं: अर्थमन्त्री
२०८२ असार २७ शुक्रवार
- त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउनेगरी मौद्रिक नीति आउनुपर्ने भन्दै बजेट र मौद्रिक नीतिमाको समयन्वय भएरै आउने विश्वास व्यक्त गरे ।
काठमाडौं: अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि अनुकुल नीतिहरु लिएर अघि बढेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमा ‘टेक एन्ड पे’को विषय धेरै चर्चामा रहेपनि फिर्ता लिएर राम्रो निर्णय गरेको धारणा राखे ।
उनले भने,‘बजेटमा टेक एन्ड पेको विषय धेरै चर्चामा रह्यो । समाचारको विषय बन्यो । क्रिया प्रतिक्रियाको विषय बन्यो । त्यो फिर्ता लिइसककेको छौं । नेपालमा जलस्रोतको फराकिलो सम्भावना छ । त्यो सम्भावनालाई अधिकतम सदुपयोग गरेर जलविद्युतको विकासका निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि पक्कै पनि अनुकुल नीतिहरु लिएर अघि बढ्ने छौं । उत्पादन गरेको विद्युत कहाँ कसरी खपत हुन्छ भन्ने कुरामा लाग्नुपर्ने आवश्यक छ ।’
त्यस्तै उनले विद्युतको खपत बढाउनका लागि इभीको करलाई स्थिर राखिएको बताए ।
उनले भेन,‘विद्युतीय सवारीको सन्दर्भमा एउटा कोच तयार गरेको छौं । करका नीति र करका दरमा स्थिर नीति लिएको छौं । विश्सनिय प्रवद्र्धनको पक्षमा छौं भन्ने हिसाबले अहिलेको बजेट प्रस्तुत भएको छ । यसले उत्साहित नै गरेको छ,’उनले भने
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउनेगरी मौद्रिक नीति आउनुपर्ने भन्दै बजेट र मौद्रिक नीतिमाको समयन्वय भएरै आउने विश्वास व्यक्त गरे ।
उनले बजेट स्प्रिटअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै उच्चस्तरिय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको बताए ।
निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिने भन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको उनको भनाई ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’