खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

२०८२ असार २६ विहिवार
सारांश
  • कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्न लागे

काठमाण्डौं : खानीखोला हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।


कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्न लागेको छ । त्यसकारण आज (बिहिबार) सम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीले जारी गर्ने हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।


नेपाल धितोपत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  कम्पनीले १ः१ अनुपातमा प्रति शेयर १०० रुपैयाँ दरका ४६ करोड ५७ लाख १४ हजार कित्ता साधारण शेयर हकप्रद निष्कासन गर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार