नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव
२०८२ असार २६ विहिवार
- उक्त समितिको दोस्रो सत्रको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल भएको हो ।
काठमाडौं: बिहीबार बसेको अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल भएको छ ।
उक्त समितिको दोस्रो सत्रको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल भएको हो ।
उक्त नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल गर्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार गर्न नहुने बताएका छन् ।
पुनले पहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरेर केही समय हेर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘अहिले नै नयाँ स्टकको लाइसेन्स दिन हतार गर्नु हुँदैन, नेप्सेको पुनर्संरचना गरेर हेर्नुपर्छ । यदी, चाहिने नै रहेछ भने पछि दिँदा पनि हुन्छ, निजी क्षेत्रका लगानीकर्ता नेप्सेमा भित्र्याउन सरकार स्पष्ट हुनुपर्छ । पहिले लाइसेन्स दिएर नेप्सेको पुनर्संरचना अलमलमा पार्नु हुँदैन ।’
यसैगरी नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्ज चाहिने बताए । उनले विभिन्न अध्ययनको निष्कर्षले नयाँ स्टक चाहिने देखाएको भन्दै दोस्रो स्टक एक्सचेन्ज चाहिने बताए ।
उनले भने, ‘दोस्रो स्टक एक्सचेन्जको विषयमा धेरै अगाडिबाट विभिन्न चरणमा अध्ययन भएको अवस्था छ । सबै स्टडीले दोस्रो स्टक एक्सचेन्ज दिँदा हुन्छ भन्ने नै मेरो बुझाइ छ, मैले देखेको पनि त्यही हो । म आइसकेपछि सरकारबाट जे निर्देशन आएको छ, म त्यहीअनुसार अगाडि बढेको छु ।’
साथै उनले सार्वजनिक लेखा र अर्थ समितिको दुईथरी निर्देशनले आफूहरू अन्योलमा परेको बताए । उनले सार्वजनिक लेखा र अर्थ समितिको दुईथरी निर्देशनले आईपीओ स्वीकृतिमा अन्योलता भएको बताए ।
उनले भने, ‘९० भन्दा मुनि नेटवर्थ हुने कम्पनीलाई आईपीओ जारी नगर्न लेखा समितिले निर्देशन दिएको थियो । अर्थ समितिले ठीक विपरीत ९० नेटवर्थ भन्दा मुनि हुने कम्पनीलाई आईपीओ जारी गर्न निर्देशन दियो । यसरी दुई वटा समितिको कुरा बाझिँदा अन्योल भयो । दुई वटा समितिको निर्देशन यसरी आउँदा कसरी अगाडि बढ्ने ? अन्योलता सिर्जना भएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।