साना उद्योगी र व्यापारीलाई देशमै राख्ने मौद्रिक नीति आवश्यक : सभापति चालिसे
२०८२ असार २५ बुधवार
- साथै, उनले आज नै अर्थ समितिले नेपाल राष्ट्र बैंकमा लिखित रुपमा आफ्नो सुझावहरु प्रस्तुत गर्ने कुरा पनि जानकारी गराएका छन् ।
काठमाडौं: अर्थ समितिका सभापति सन्तोष चालिसेले साना उद्योगी र व्यापारिहरुलाई मुलुकभित्रै राख्ने खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन् ।
बुधबार अर्थ समितिको बैठकमा भएको आ.ब. २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयको छलफलमा उनले नेपालमा उत्पादनको अवस्था राम्रो भएपनि ९० प्रतिशत खाद्यन्न किनेर बस्नुपर्ने कुरा लाजमर्दो भएको भन्दै उद्योगधन्दा छोडेर विदेशिन थालेका व्यापारिहरुलाई देशमै राख्न सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘यो मुलुकमा सबैभन्दा महत्वपूर्ण कुरा उत्पादा हो । देशभर उत्पादनको लागि वातावरण राम्रो छ तर उत्पादन हुन सक्दैँन् । ९० प्रतिशत खाद्यन्न किनेर बसेका छौँ । यो लाजमर्दो कुरा हो यसमा के भएको हो । यसको कमजोरी के हो । साना उद्योगी र व्यापारिहरु किन अन्यायमा परे, किन आफ्नो उद्योगधन्दा छोडेर विदेशिन थालेका छन् । उनीहरु सबैलाई यही मुलुकभित्र काम गर्न सक्ने गरि मौद्रिक नीति आउनुपर्छ । हामी सबैको उद्देश्य त्यही हो ।’
साथै, उनले आज नै अर्थ समितिले नेपाल राष्ट्र बैंकमा लिखित रुपमा आफ्नो सुझावहरु प्रस्तुत गर्ने कुरा पनि जानकारी गराएका छन् ।
सोही बैठकमा गभर्नर विश्व पौडेलले सबैको सुझाव आगामी मौद्रिक नीतिमा समावेश गर्ने कोशिस गर्ने भन्दै समितिबाट लिखित रुपमा सुझावहरु आउने आशा गरेको बताए ।
उनले भने, ‘सबैको सुझाव आगामी मौद्रिक नीतिमा सकेसम्म समावेश गर्ने कोशिस गर्ने छु । यो सुझावहरु लिखित रुपमा छिटै नै यो समितिबाट आउने छ भन्ने आशा गरेको छु ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’