- नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थीती सम्बन्धी तथ्यांकले आर्थिक वर्ष (आव) २०८१÷८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको देखिएको छ ।
काठमाडौं : विदेशबाट भित्रिने रेमिट्यान्स साढे १५ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थीती सम्बन्धी तथ्यांकले आर्थिक वर्ष (आव) २०८१÷८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको देखिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७. २ प्रतिशतले बढ़ेको थियो । २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह १७६ अर्ब ३२ करोड़ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १२८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५. २ प्रतिशतले बढ़ेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४४३ अर्ब १० करोड़ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तों सड़ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’