- मंगलबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै नेपाल बीमा प्राधिकरण अध्यक्ष शरद ओझाले बीमा व्यवसायीको प्रभावकारी नियमन गर्ने बताएका हुन् ।
काठमाडौं : नेपाल बीमा प्राधिकरणले आगामी वर्ष बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्ने लक्ष्य लिएको छ ।
मंगलबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै नेपाल बीमा प्राधिकरण अध्यक्ष शरद ओझाले बीमा व्यवसायीको प्रभावकारी नियमन गर्ने बताएका हुन् ।
उनले भने, ‘प्रचलित कानून, राष्ट्रिय बीमा नीति, नियमावली, प्राधिकरणको पञ्च वर्षे योजना, विगत वर्षका कार्यक्रम, अन्तर्राष्ट्रिय असल अभ्यास समेतलाई आधार बनाई बीमा ऐन २०७९को मूल मर्म अनुसार बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न विमा व्यवसायीको स्वच्छ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो सेवा उपलव्ध गराउन एवम् बीमा व्यवसायीको प्रभावकारी नियमन गरी बीमितको हित संरक्षण गर्ने यो वार्षिक नीतिले लक्ष्य राखेको छ ।’
उनले बीमा सेवाको गुणस्तर अभिबृद्धि गरी जोखिम न्यूनीकरण गर्दै सवल अर्थतन्त्रको निर्माणमा योगदान पुर्याउने समेत बताए ।
‘बीमा सेवाको गुणस्तर अभिबृद्धि गरी आधुनिक तथा दिगो प्रणालीको विकास गरी जिवन सम्पती तथा दायित्वको जोखिम न्यूनीकरण गदै सवल अर्थतन्त्रको निमार्णमा योगदान पुर्याउने बीमा क्षेत्रलाई व्यवस्थित विश्वसनीय बनाउने, बीमितको हित संरक्षण गर्ने योजना रहेको छ,’ उनले भने ।
अध्यक्ष ओझाले आवश्यक स्रोतको कमि रहेको भन्दै बीमा क्षेत्रसँग सरोकार रहेका सरोकारवालाहरुसँग सम्बन्ध कमजोर रहेको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।