- कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानिय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आईपीओ जारी गरिसकेको छ ।
काठमाडौं : हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानिय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आईपीओ जारी गरिसकेको छ ।
गत जेठ ९ गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्
यसका साथै लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते हुनेछ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’