- पछिल्लो ६ दिनमा नेप्से परिसूचक ११०.५९ अंक बढेको थियो । तर यस दिनभने लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा करेक्सन देखिएको हो । आईतबार २७०६.३६ बिन्दुमा रोकिएको नेप्से परिसुचक आज २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा झरेको छ ।
काठमाडौं : पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक आज दोस्रो कारोबार दिन करेक्सन भएपछि घटेको छ ।
पछिल्लो ६ दिनमा नेप्से परिसूचक ११०.५९ अंक बढेको थियो । तर यस दिनभने लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा करेक्सन देखिएको हो । आईतबार २७०६.३६ बिन्दुमा रोकिएको नेप्से परिसुचक आज २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार साढे ९ ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरिद विक्री भएकोमा आज ३११ स्टकको ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेकस ४.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक घटेको छ ।
यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने भगवती हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८० करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साढे ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २४ करोड नाघेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’