विकाश हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २२ आईतवार
- कम्पनीले सर्वसाधारणका लागि असार १८ गते देखि २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण शेयर निष्कासन गर्न वैशाख १५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि असार १८ गते देखि २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण शेयर निष्कासन गर्न वैशाख १५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले यस अघि नै वैदेशीक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्र र अति प्रभावित क्षेत्रका बासीन्दाहरुलाई शेयर निष्कासन गरिसकेको छ । जस अनुरुप नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ५४ हजार ५५० कित्ता शेयर गत जेठ ६ गतेदेखि २० गतेसम्म जारी गरिएको थियो ।
त्यसैगरी, आयोजनाबाट अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न.४ र ५ मा स्थायी बसोवास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न. १,२,३, ६ र ७ मा स्थायी बसोवास गर्ने स्थानियका लागि ५ लाख ४५ हजार ४६१ कित्ता शेयर जारी गरिएको थियो ।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
छिटोमा असार २२ गते र ढिलोमा असार ३२ गते आईपीओ निष्कासन बन्द हुने बताइएको भएपनि पहिलो चरणमै ओभरसब्सक्राइब्ड भइसकेको हुनाले आज बेलुका ५ बजे सम्म मात्रै आईपीओ खरिदका लागि आवेदन दिन सकिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
होर्मुजमा २० प्रतिशत शुल्क लगाउने प्रस्तावबाट पछि हटे ट्रम्प
-
शेयर बजारमा स्पेसएक्सको उत्साह सेलाउन थाल्यो, प्रारम्भिक लगानीकर्ता घाटामा
-
टेलिकमका पूर्व प्रबन्ध निर्देशक अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर
-
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
-
वर्षाका कारण देशभरका १३ प्रमुख सडकखण्ड प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।