पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड हो : सुरेन्द्र पाण्डे
२०८२ असार २१ शनिवार
- पर्यटनमा बजेटः प्राथमिकता, कार्यान्वयन र उपलब्धि सम्बन्धि शनिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल घुम्न आउने पर्टकहरुले विशेषगरी सडक पूर्वाधारको समस्या भोग्नु परेकाले पर्यटकको नेपाल बसाइ घटेको उनले बताए ।
काठमाडौं :पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड भएको बताएका छन् ।
पर्यटनमा बजेटः प्राथमिकता, कार्यान्वयन र उपलब्धि सम्बन्धि शनिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल घुम्न आउने पर्टकहरुले विशेषगरी सडक पूर्वाधारको समस्या भोग्नु परेकाले पर्यटकको नेपाल बसाइ घटेको उनले बताए ।
‘त्यसकारण पुर्वाधार निर्माण पर्यटनका लागि मुख्य मेरुदण्ड हो । होटेलहरुपनि कुनै निश्चित क्षेत्रमा मात्र केन्द्रीत छन् । भएका होटलहरुले पनि सुरक्षाको अभावमा राति ९ बजे नै बन्द गर्नुपर्ने अवस्था छ,’उनले भने, सरकारले पर्यटन क्षेत्रमा भएका होटेलहरुलाई सुरक्षा प्रबन्धको व्यवस्था गरेर पर्यटकहरु आगमनको अवस्था अनुसार राति अबेर सम्म सञ्चालन गर्नसक्ने व्यवस्था मिलाउनुपर्छ ।
पर्यटनको माध्यमबाट अर्थतन्त्र चलायमान बनाउन सरकार, निजी क्षेत्र सबैको सहयोग आवश्यक पर्ने उनले बताए । पछिल्लो समय पूर्वी एशिया विश्वकै ठुलो अर्थतन्त्र ओगटन सक्ने केन्द्र बन्दै गएको सन्दर्भ जोड्दै उनले नेपालका दुई ठुला छिमेकी राष्ट्र चीन र भारतका पर्यटकहरुलाई मात्र पनि नेपाल घुम्न आउन आकर्षण गर्न सकेमा पर्यटन क्षेत्रले अझ राम्रो गती लिनसक्ने पाण्डेले बताए ।
नेपालमा पर्यटनका बहु सम्भावना भएकाले यो क्षेत्र अर्थतन्त्रको प्राण बन्नसक्नेतर्फ उनले जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’