पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र पुग्दैन् : अर्थमन्त्री

२०८२ असार २१ शनिवार
सारांश
  • विदेशी मुलुकले सबैथोक बनाएपनि नेपालको जस्तो प्राकृतिक झरना, नदी वा लुम्बिनी, पशुपति क्षेत्र बनाउन नसक्ने समेत दाबी गरे ।

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वका अन्य देशमा नभएको प्राकृतिक सम्पत्ती नेपालमा मात्र भएको बताएका छन् ।


विदेशी मुलुकले सबैथोक बनाएपनि नेपालको जस्तो प्राकृतिक झरना, नदी वा लुम्बिनी, पशुपति क्षेत्र बनाउन नसक्ने समेत दाबी गरे । 


शनिबार ‘पर्यटनमा बजेट प्रथमिकता, कार्यान्वयन र उपलब्धी’ विषयक कार्यक्रममा बोल्दै उनले विश्वको सबैभन्दा उत्कृष्ट र राम्रो देश भनेको नेपाल हो भनेर चिनाउनुपर्ने बताउँदै उनले संसारको सबैभन्दा लामो केबलकार नेपालमा बनाउने हो भने आर्थिक विकासमा सहयोग पुग्ने समेत दाबी गरे । 


पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र नपुग्ने भएकाले विदेशी सहयोग अनिवार्य आवश्यकता भएको उनको भनाइ थियो । 
सरकारले गरिरहेका काम बारे जनताले मूल्यांकन गरिरहेकाले सजकताका साथ काम गर्नुपर्ने पनि औंल्याए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार