व्यापारमा सुधार गर्न भन्सार सुधार गर्नुपर्नेछ: पूर्वअर्थमन्त्री खतिवडा
२०८२ असार २० शुक्रवार
- उनले सरकारले बजारमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउनु पर्ने भन्दै व्यापारीले कर तिरोस् भन्ने दायित्व सरकारको रहेको बताए ।
काठमाडौं: पूर्वअर्थ मन्त्री युवराज खतिवडाले व्यापारमा सुधार गर्नका लागि सरकारले भन्सार सुधार गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले सन्दर्भ मूल्यमा ध्यान दिनुपर्ने भन्दै भन्सार सुधार गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘यहाँ सरकारले पारदर्शिता खोजेर हुन्छ, भन्सार विन्दुबाटै ठिक नभएपछि व्यापार औपचारिक, पारदर्शी खोजेर पाइन्छ । व्यपारमा पनि समस्या छ, सन्दर्भ मूल्य पनि हेनुपर्छ । ६ महिला अगाडिको हैन हिजोको अस्तिको अहिले त अनलाइनमा सही समयमा सूचना पाउन सकिन्छ । खरिद भएको दिनको अन्तराष्ट्रि मूल्य थाहा पाइन्छ । भन्सार सुधार गर्नुपर्ने छ ।’
उनले सरकारले बजारमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउनु पर्ने भन्दै व्यापारीले कर तिरोस् भन्ने दायित्व सरकारको रहेको बताए ।
उनले आफ्नो कार्यकालमा सन्र्दभ मूल्य खारेज गर्न खोजेको तर नसकेको भन्दै यसमा ठुलो समस्या भएको बताए ।
‘आजपनि कारोबार मूल्यलाई हामीले हुबहु ट्रान्जेक्सन मूल्यलाई भन्सारमा हुबहु लगाउन सकिएको छैन । मेरो प्रयास त्यसैमा थियो । सन्र्दभ मूल्य खारेज गर्न खोजेको के गर्नु साथिहरु इमान्दार हुनुभएन । कम्पनीको मूल्यमा ५० हजार डलर पर्ने सवारी साधन २५ हजार मै एल.सि खोलेर ल्याइदिनु भयो म अर्थमन्त्री छु अव मैले ट्रान्जेक्सन भ्यालु कसरी स्विकार गर्ने,’ उनले भने ।
यस्तै, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले कानूनमा अधिकतम खुद्रा मूल्य (एमआरपी)को व्यवस्था भएको भन्दै एमआरपी लगाउनुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।