दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा
२०८२ असार १९ विहिवार
- ग्रिड कम्पनीका सचिव राजेश पोखरेलले निजी क्षेत्रको सहभागितामा यी दुई प्रसारण लाइन निर्माण गर्न निजी क्षेत्रका उर्जा प्रवद्र्धक कम्पनीहरुसँग सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताएका हुन् ।
काठमाडौं : हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निजी क्षेत्रको सहभागितामा निर्माण गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिच सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
ग्रिड कम्पनीका सचिव राजेश पोखरेलले निजी क्षेत्रको सहभागितामा यी दुई प्रसारण लाइन निर्माण गर्न निजी क्षेत्रका उर्जा प्रवद्र्धक कम्पनीहरुसँग सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताएका हुन् ।
यस अघि नै हाइटार–शीतलपाटी ४०० केभी प्रसारण लाइन निर्माणका लागि ६ वटा र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निर्माणका लागि दुई निजी कम्पनीले आवेदन इिसकेका छन् । परियोजना निर्माणका लागि ती कम्पनीहरुले कति प्रतिशत शेयर हाल्ने र ग्रिड कम्पनीको कति प्रतिशत शेयर रहने विषयको छलफल अन्तिम चरणमा रहेको पोखरेलले बताए ।
यस अघि हाइटार–शीतलपाटी प्रसारण लाइन निर्माणका लागि छुजुङ खोला जलविद्युत् आयोजना, तल्लो बरुण खोला, बकान खोला जलविद्युत् आयोजना र ६३ मेगावाट क्षमताको अर्को छुजुङखोला जलविद्युत् आयोजनाले यसअघिनै आवेदन दिइसकेका छन् ।
त्यसैगरी लामाबगर–बाह्रबीसे प्रसारण लाइन निर्माणका लागि नासा कम्पनी लिमिटेडअन्तर्गतको १६० मेगावाट क्षमताको ल्याप्चेखोला जलविद्युत् आयोजना र सानिमा हाइड्रोपावरअन्तर्गतको जुमखोला जलविद्युत् आयोजनाले आवेदन दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।