- प्रधानमन्त्री एवं विभिन्न देशका बिशिष्ठ व्यक्तित्वहरु, विज्ञहरु लगायतको सहभागितामा हुन लागेको पावर समिट सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ पछिको नवौं संस्करण हो ।
काठमाडौं : पावर समिट असोज १ र २ गते अर्थात तदअनुसार १७–१८ सेप्टेम्बर, २०२५ मा काठमाडौंमा हुन लागेको छ ।
विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को विशेष कार्यक्रमको रुपमा पावर समिट असोज १ र २ गते हुने जानकारी गराइएको हो ।
पावर समिटको नारा ‘मिसन २८, ५०० मेगावाटः नेपाललाई ऊर्जा प्रदान गर्दै, ऊर्जावान क्षेत्र’ रहेको छ । नेपालको ऊर्जा उत्पादनको ११४ वर्षको इतिहासमा ३६ सय मेगावाट मात्र उत्पादन क्षमता पुगेको सन्दर्भमा सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पु¥याउने सरकारको लक्ष्य हासिल गर्नु निजी क्षेत्रको जिम्मेवारी र दायित्व हो भन्ने महशुस गरी यही नाराका साथ नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको संरक्षकत्व र नेपालस्थित भारतीय दूतावास देशीय साझेदारीका साथै विभिन्न राष्ट्रिय अन्र्तराष्ट्रिय संघसंस्था, निकाय र कम्पनीहरुको सहभागितामा वृहत रुपमा यो समिट आयोजना गर्न लागिएको हो ।
प्रधानमन्त्री एवं विभिन्न देशका बिशिष्ठ व्यक्तित्वहरु, विज्ञहरु लगायतको सहभागितामा हुन लागेको पावर समिट सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ पछिको नवौं संस्करण हो ।
ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पु¥याउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रिय बजारमा व्यापार गर्न÷गराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरु, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरु, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनीधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनी भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्य समिटले राखेको छ ।
यस वर्षको सम्मेलनले सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा सरोकारवालाहरुलाई एकै ठाउँमा भेला गरी नीतिगत बहस, हासिल भएका सफलता तथा उपलब्धि र अनुभवहरुको आदान प्रदान गर्ने जमर्को गर्नेछ । यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, सरकारी संघ संस्थाका उच्च अधिकारीहरु, निजी क्षेत्र तथा गैह्र सरकारी क्षेत्रका विशेष गरी ऊर्जा मार्गचित्र कार्यान्वयनसँग जोडिएको नेपाल र दक्षिण एशियाली देशहरुको हरित र स्वच्छ ऊर्जा उपलब्धता, विद्युत र कार्बन व्यापारसँगै नविनत्तम वित्तिय उपकरणको विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता, अन्तरदेशीय पूर्वाधारहरु निर्माणमार्फत क्षेत्रीय सम्पर्क विस्तार, नेपाल र दक्षिण एशियाली मुलुकहरुको नेट जिरो इमिसनको लक्ष्य हासिल, दिगो र समावेशी ऊर्जा विकास जस्ता क्षेत्रीय र अन्र्तराष्ट्रिय चासोलाई सम्बोधन गरी नेपाललाई हरित ऊर्जा विकासकर्ता मुलुकको रुपमा चिनाउने थलो समिट बन्ने इप्पानले अपेक्षा गरेको छ ।
समिटमा हुने आन्तरिक तथा वाह्य पूर्वाधार निर्माण र खपत वृद्धि, जलवायु परिवर्तनको असर र न्यूनीकरणसँगै प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण जस्ता चुनौतीहरुको सामनाका लागि नेपाल र अन्य देशहरुले बनाउनुपर्ने नीति निर्माणसँगै विश्वका विभिन्न देश र विकास साझेदारहरुको अनुभव र अभ्यासहरुको बारेमा समेत समिटमा छलफल हुनेछ ।
यी मुद्दा र विषयमा केन्द्रित हुने समिटले नेपालको दिगो ऊर्जा विकास र क्षेत्रीय बजारमा दरिलो उपस्थितिका लागि अबको बाटो पहिल्याउने गरी ठोस सुझाव र मार्ग निर्देशन प्राप्त हुने र यसले क्षेत्रीय बजारमा नेपालको ऊर्जालाई प्रतिश्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ऊर्जा उत्पादनमा निजी क्षेत्रको प्रवेश भएको २५ वर्षमै निजी क्षेत्रले यति धेरै उत्पादन गर्न सफल भएको हो । हालसम्म निजी क्षेत्रले १३ खर्ब रुपैयाँ बराबरको लगानी गरिसकेको छ भने ५० खर्ब रुपैयाँ लगानीको लागि तम्सिएको छ ।
निजी क्षेत्रकै अगुवाइमा ४२०० मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेको र ४१०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न गरेर वित्तिय व्यवस्थापनको पर्खाइमा रहेको तथा नेपाल सरकारले आगामी १० बर्षभित्र थप २५ हजार मेगावाट निर्माण गर्ने ऊर्जा विकास मार्गचित्र–२०८१ अघि सारेको परिपेक्ष्यमा आगामी असोजमा ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमको रुपमा परिचित पावर समिट, २०२५ आयोजना हुँदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।