नेप्से परिसुचक २७ सय बिन्दु नजिक, एकै दिनमा साढे ९ अर्बभन्दा बढीको कारोबार
२०८२ असार १८ बुधवार
- मंगलबार २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको नेप्से यसदिन ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको हो । नेप्सेको वृद्धिसँगै आज रकममा पनि वृद्धि भएको छ । आज एकै दिनमा साढे ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक निरन्तर वृद्धि हुँदै करीब २७ सय बिन्दु नजिक पुगेको छ ।
मंगलबार २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको नेप्से यसदिन ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको हो । नेप्सेको वृद्धिसँगै आज रकममा पनि वृद्धि भएको छ । आज एकै दिनमा साढे ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज कुल ३१७ स्टकको ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर खरिद विक्री भएको छ । मंगलबार ३०९ स्टकको ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर मात्र खरिद विक्री भएको थियो । यस दिन सेन्सेटिभ इन्डेक्स आज ५.५२ अंकले बढेको छ । फ्लोट इण्डेक्स पनि २.५६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.०९ अंकले बढेको छ ।
यस दिन ग्रिन डेभलप्मेन्ट बैंक, खानीखोला हाइड्रो पावर, नेपाल इन्स्योरेन्स कोअपरेटिभ लिमिटेड र गुराँस लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रिन डेभलप्मेन्ट बैंकको शेयर मूल्य १३७.८२ रुपैयाँले बढेर १५१६.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । खानीखोला हाइड्रो पावरको शेयर मूल्य ३९.३० रुपैयाँले बढेर ४३२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, गुराँस लघुवित्तको शेयर मूल्य पनि ५७.४४ रुपैयाँले बढेर ६४२.३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज धेरै कमाउनेमा सिन्धु विकास बैंक, कर्पोटेर विकास बैंक, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स रहेका छन् ।
यस दिन साहस उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर र विकास बैंक नाग्दी ग्रुप पावर कम्पनी र बरुण हाइड्रो पावरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
यस दिन सबैभन्दा धेरै घाटा व्यहोर्नेमा विन नेपाल लघु वित्त, युनिर्भसल पावर कम्पनी, सिटिजन्स सुपर म्युचुअल फण्ड रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।