२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान
२०८२ असार १८ बुधवार
- विभागले बुधबार सावर्जनिक सुचना जारी गर्दै निजी क्षेत्रको सहभागितामा आयोजना निर्माण गर्न यस्तो आशय पत्र (ईओआई) आह्वान गरेको हो ।
काठमाडौं : विद्युत् विकास विभागले २४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान गरेको छ ।
विभागले बुधबार सावर्जनिक सुचना जारी गर्दै निजी क्षेत्रको सहभागितामा आयोजना निर्माण गर्न यस्तो आशय पत्र (ईओआई) आह्वान गरेको हो ।
पुनः प्रकाशित सूचनामार्फत विभागले निर्माण, संचालन र हस्तान्तरण (बुट) मोडेलमा आयोजना निर्माणका लागि इच्छुक र योग्य नेपाली जलविद्युत् कम्पनीहरू वा तिनका संयुक्त लगानी (जेभी) समूहहरूलाई आशय पत्र पेश गर्न आह्वान गरेको छ ।
सुचनामा उल्लेख भए अनुसार म्याग्दी र पर्वत जिल्लामा पर्ने ५०.५ मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजना, हुम्ला जिल्लास्थित ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना, सोलुखुम्बुमा पर्ने २१.४ मेगावाटको इन्खु खोला जलविद्युत आयोजनाका लागि आशय पत्र माग गरिएको छ ।
त्यसैगरी, म्याग्दीमा रहेको ६५ मेगावाट क्षमताको कालीगण्डकी अपर जलविपद्युत आयोजना र हुम्ला जिल्लाकै ४९.५ मेगावाट क्षमताको लोती कमली पीआरओआर आयोजनाका लागि पनि आशय पत्र माग गरिएको छ ।
योग्य कम्पनीहरू वा जेभीले यहि असार ३२ गते दिउँसो १२ बजे भित्र विभागको सानो गौचरनस्थित कार्यालयमा आशय पत्रको आवेदन बुझाइसक्नु पर्नेछ भने सोहि दिन दिउँसो १ बजे आशय पत्रहरू खोलिने सुचनामा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।