नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो
२०८२ असार १७ मंगलवार
- सोमबार ९.१९ अंकले बढेर २६३१.४८ अंकमा पुगेर रोकिएको नेप्से आज २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको हो । नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ ।
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा निरन्तर वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ ।
सोमबार ९.१९ अंकले बढेर २६३१.४८ अंकमा पुगेर रोकिएको नेप्से आज २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको हो । नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ ।
आज कुल ३०९ स्टकको ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर खरिद विक्री भएको छ । सोमबार ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको थियो ।
सोमबार १.९५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स आज ६.१९ अंकले बढेको छ । आज फ्लोट इण्डेक्स पनि २.३६ अंकले बढेको भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.२७ अंकले बढेको छ ।
यसदिन सामुदायिक लुवित्त वित्तिय संस्था लिमिटेड र न्यादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्तिको शेयर मूल्य १३६.७१ रुपैयाँले बृद्धि हुँदै प्रतिकित्ता १५२१.८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
न्यादी हाइड्रोको शेयर मूल्य ४२.२५ रुपैयाँले बढेर प्रतिकित्ता ४७०.३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी यस दिन धेरै कमाउनेमा बरुण हाइड्रो, राप्ती हाइड्रो र सर्पोट माइक्रो फाइनान्स वित्तिय संस्था पनि रहेका छन् ।
यस दिन सबैभन्दा धेरै घाटा व्यहोर्नेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ । यसको शेयर मूल्य आज २.१३ प्रतिशतले अर्थात १ हजार रुपैयाँले घटेर प्रतिकित्ता ४६ हजार रुपैयाँमा अन्तिम कारोबार भएको छ । मूल्य पनि क्रमशः प्रतिकित्ता ३७.६८ रुपैंयाँ र २९.९७ रुपैयाँले घटेको छ । यस दिन एनआरएन इन्फ्रास्टक्चर, राधि जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी र सप्तकोशी विकास बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।